बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको संकेत
काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन् ।
अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ ।
समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन आग्रह गर्ने बताइएको छ ।
युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा देशलाई सम्बोधन गरिरहेका थिए ।
देशव्यापी विद्यार्थी आन्दोनका कारण २०२४ अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नुपरेको थियो ।
त्यसको एक वर्ष पूरा भएको अवसरमा हजारौँ नागरिक विभिन्न जुलूसमा सहभागी भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




