आइतवार, भदौ १, २०८२
English
Follow us:

डलरको मूल्यमा कीर्तिमान

डलरको मूल्यमा कीर्तिमान

  • खबर सेवा

  • बुधबार, साउन २२, २०८२

  • 48
    SHARES
डलरको मूल्यमा कीर्तिमान

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले लगातार उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा छ। नेपाली बजारमा अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो।हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा थियो।

त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा थियो। आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा थियो। कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology