खेलकुद

एनपीएल २ को अक्सन सूचीमा १५० खेलाडी

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिबार हुने अक्सनमा सहभागी हुन पाउनेछन्।

अक्सनमा ए श्रेणीका आठ खेलाडी छन्। जसमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, अदिल अन्सारी, सूर्य तामाङ र सुनाम गौतम छन्। यस्तै बी श्रेणीका ३५ जना खेलाडी अक्सन सूचीमा छन्। बाँकी १०६ जना सी श्रेणीका खेलाडी छन्।

अक्नसमा मधेश प्रदेशका सबैभन्दा बढी ३० जना खेलाडी सहभागी हुने भएका छन्। यस्तै बागमती, सुदूरपश्चिम र लुम्बिनीका २९( २९ जना, कोशीका १४ जना, गण्डकीका १३ जना र कर्णालीका ५ जना खेलाडी अक्सनमा छन्। सी श्रेणीका सुनील गौतमको प्रदेश छुट्याइएको छैन।

शनिबार हुने अक्सनमा आठ टोलीले १५० खेलाडी मध्येबाट कम्तिमा ३७ खेलाडीका लागि बोली लगाउनेछन्। जसमा एबाट ४ खेलाडी, बीबाट २३ र सी श्रेणीबाट १० जना खेलाडीको बोली लाग्नेछ। अक्सनमा ए श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ हुनेछ। बीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ हुनेछ। सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ हुनेछ।

 

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...