सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको भाउ २ लाख नजिक

सुनको भाउ २ लाख नजिक

  • खबर सेवा

  • शुक्रबार, साउन २४, २०८२

  • 42
    SHARES
सुनको भाउ २ लाख नजिक

काठमाडौँ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत साउन २० गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।

यस्तै बिहीबार भने सुन प्रतितोला १ लाख ९८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology