आइतवार, भदौ १, २०८२
English
Follow us:

उत्तर कोरियाले नेपाललाई हान्यो ११ गोल

उत्तर कोरियाले नेपाललाई हान्यो ११ गोल

  • खबर सेवा

  • आइतवार, साउन २६, २०८२

  • 50
    SHARES
उत्तर कोरियाले नेपाललाई हान्यो ११ गोल

काठमाडौँ । एएफसी यू–२० महिला एसिया कप छनोटको अन्तर्गत अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार व्यहोरेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोल अन्तरले पराजित भएको हो ।

भुटानको चाङलिमिथाङ स्टेडियममा पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गर्दै जित निकालेको थियो । नेपाल यो हारसँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

प्रतियोगितामा नेपालले एक खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने अर्को खेलमा जित निकालेको थियो । नेपालले दोस्रो खेलमा साउदी अरबलाई पराजित गरेको थियो ।

आजको खेलमा नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्न सफल भयो ।

उत्तर कोरियाले साउदी अरबलाई १५–० गोलले हराउँदा भुटानलाई १०–० ले पराजित गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology