खेलकुद

उत्तर कोरियाले नेपाललाई हान्यो ११ गोल

काठमाडौँ । एएफसी यू–२० महिला एसिया कप छनोटको अन्तर्गत अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार व्यहोरेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोल अन्तरले पराजित भएको हो ।

भुटानको चाङलिमिथाङ स्टेडियममा पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गर्दै जित निकालेको थियो । नेपाल यो हारसँगै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

प्रतियोगितामा नेपालले एक खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने अर्को खेलमा जित निकालेको थियो । नेपालले दोस्रो खेलमा साउदी अरबलाई पराजित गरेको थियो ।

आजको खेलमा नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्न सफल भयो ।

उत्तर कोरियाले साउदी अरबलाई १५–० गोलले हराउँदा भुटानलाई १०–० ले पराजित गरेको थियो ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...