सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • खबर सेवा

  • सोमवार, साउन २७, २०८२

  • 36
    SHARES
सुनको मूल्य घट्यो

काठमाडौँ। सुनको मूल्य आज थप घटेको छ। प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर आज सुनको भाउ एक लाख ९८ हजार एकसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य प्रतितोला एकलाख ९९ हजार दुईसय रुपैयाँ थियो। हिजो सुन तोलामा दुईसय रुपैयाँ घटेको थियो।

गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुईहजार तीन सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology