बुधबार, भदौ ११, २०८२
English
Follow us:

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

  • खबर सेवा

  • मङ्लबार, साउन २८, २०८२

  • 51
    SHARES
कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६४, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११०, लोकल बन्दा १९, स्थानीय काउली १०१, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २३, डल्ले भन्टा ३६, तने बोडी ८२, मकै बोडी ७६ रुपैयाँ प्रतिकिलो छ।

करेला ४२, लौका ६३, तराईको परबल ६४, घिरौँला ४२, झिँगुनी ६०, डल्ले फर्सी ६३, पाकेको फर्सी ४६, भिन्डी ५७, कन्य च्याउ १५२, डल्ले च्याउ ४००, ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ४८, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा १९, स्थानीय काउली ९५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २३, डल्ले भन्टा ३५, तने बोडी ८५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ३९, लौका ५५, तराईको परबल ६८, घिरौँला ४५, झिँगुनी ५९, डल्ले फर्सी ५५, पाकेको फर्सी ४५, भिन्डी ५५, कन्य च्याउ १५२, डल्ले च्याउ ४२८, ब्रोकाउली २०७ रुपैयाँ प्रतिकिलो थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology