राजनीति

रिहा भए अखिल क्रान्तिकारीका नेता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुल्क बढाएको बिरोधमा १९ दिनदेखि धर्नामा बसिरहेका अखिल (क्रान्तिकारी)का विद्यार्थी र प्रहरीविच भएको झडपछि पक्राउ परेका संगठनका उपाध्यक्षसहित १३ जना विद्यार्थी नेता २० घण्टापछि रिहा भएका छन्।

सोमबार अपरान्ह साढे ४ बजेतिर त्रिवी रेक्टरको कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक्न खोज्दा भएको झडपका क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम त्रिवी जिल्ला इन्चार्ज ममता जोशी घाइते भएकी थिईन । घाइते जोशीको किर्तिपुर अस्पतालमा उपचारपछि अवस्थामा सामान्य भएको छ ।

प्रहरीसँग झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि संगठनका उपाध्यक्ष अटल आचार्यसहित १३ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो । पक्राउ पर्नेमा संगठनका उपमहासचिव निरोज श्रेष्ठ सचिव जितेन्द्र भण्डारी र युङ्छोहाङ माबो लिम्बु, क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, आन्दोलनका संयोजक मनिस चम्लागाँई विद्यार्थी नेता प्रविन दाहाल, योगेन्द्र भट्ट, उमेश सेञ्चुरी, उमेश ढुंगाना, कृष्ण साउद, कृष्णप्रसाद वली, रमेश नेपाली सहित १३ जना रहेका थिए ।

आफुहरुले विश्वविद्यालयको नीति कार्यान्वयनको पक्षमा १९ दिन शान्तिपुर्वक आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीले नसुनेपछि १९ औं दिनमा सोमबार प्रहरीसँग झडपको स्थिती सृजना भएको संगठका उपाध्यक्ष आचार्यले बताए । उनले अहिले त्रिवि प्रहरीको घेराउमा रहेको बताए ।

उपकुलपतिको कार्यलयमा कर्फ्यु लगाइएको र विश्वविद्यालय शान्तिक्षेत्र भए पनि विश्वविद्यालयको निति विरुद्ध गलत निर्णय गरेर विश्वविद्यालयमा ज्ञान बाढ्नुको सट्टा व्यापार गरिएको र आफुहरुले व्यापारको अन्त्य गरेरै छाड्ने उपाध्यक्षा आचार्यको भनाई छ ।

उनका अनुसार अखिल क्रान्तिकारीले मंगलबार धर्नाको २० दिनमा पनि त्रिवीको गेट बाहिर बसेर आन्दोलनलाई निरन्तरता दिइरहेको छ ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...