राजनीति

अनुभवले खारिएका खापुङको काँधमा प्रहरी प्रमुखको जिम्मेवारीको सम्भावना

काठमाडौँ। नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक पद अबको केही समयपछि रिक्त हुँदैछ। वर्तमान आईजीपी दीपक थापा अनिवार्य अवकाशमा जाने भएसँगै नयाँ आईजीपी चयन प्रक्रिया सुरु हुनेछ। थापा आगामी १८ भदौ २०८२ मा अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी स्रोतका अनुसार अबको आईजीपीमा एआईजी चन्द्रकुवेर खापुङ एकल प्रतिस्पर्धी बन्नेछन्।

प्रहरी ऐनअनुसार वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)दीपक थापा मा अनिवार्य अवकाशमा जाँदैछन्। हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक रहेका खापुङ इमानदार, निष्पक्ष र परिणाममुखी प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।

१९ भदौ २०५१ मा इन्स्पेक्टरमा भर्ना भएका थापा र खापुङ एउटै आवेदनमा फारम भरिए पनि तीन लटमा नियुक्ति भएका थिए। पहिलो लटका बसन्तबहादुर कुँवर र दोस्रो लटका थापा अवकाशमा गइसकेका छन्। तेस्रो लटका खापुङ आगामी २६ कात्तिकमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्।

नयाँ ऐन जारी नभएको वर्तमान अवस्थामा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण एआइजी चन्द्रकुवेर खापुङ आगामी २६ कात्तिक २०८२ राति १२ बजे अनिवार्य अवकाशमा जानेछन्। यसरी उनी करिब २ महिना ९ दिन मात्र ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) रहने सम्भावना छ।

यसअघि प्रहरी इतिहासमा सबैभन्दा छोटो कार्यकाल तोरण शमशेर जबराको रहेको थियो— २०१२ चैत २८ देखि चैत ३१ सम्म। अच्युतकृष्ण खरेल भने दुई कार्यकालमा आईजीपी बनेका थिए— पहिलोपटक २०५३ फागुनदेखि चैतसम्म ३६ दिनका लागि र दोस्रोपटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म।

खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए। त्यसअघि एसएसपीका रूपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका उनले इमानदार र विवादरहित अधिकारीको छवि कायम गरेका छन्।

विशेष कुरा के छ भने, उनी एउटै आवेदनमा फारम भरेका तीन जना इन्स्पेक्टरमध्ये तेस्रो व्यक्ति हुनेछन्, जो आईजीपीसम्म पुगेका छन्। नियुक्ति फरक–फरक मितिमा भए पनि एउटै समूहबाट तीन जना आईजीपी बन्ने दुर्लभ संयोग यो टोलीसँग जोडिएको छ।

यदि नयाँ प्रहरी ऐन आएर ३० वर्षे सेवा अवधि हटे पनि खापुङ प्रतिस्पर्धामा रहन सक्नेछन्। ड्राफ्ट ऐनले ६ महिना सेवा अवधि थप्ने व्यवस्था राखेकाले, ऐन जारी भए पनि आफ्नो प्रतिस्पर्धामा असर नपर्ने उनको भनाइ छ। प्रहरी नियमावलीअनुसार सबै एआइजीहरू आईजीपीका प्रतिस्पर्धी मानिने भएकाले अन्य एआइजीहरू पनि ३२औं आईजीपीको दौडमा रहेका छन्।

 

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...