रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट भएका छन्।उनलाई केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको हो।
थापालाई गत फागुनमा अमेरिकी अध्यागमनले हिरासतमा राखेको थियो। अमेरिकामा उनी धेरै ‘फ्रड’का मामिलामा मुछिएका थिए। रास्वपा सभापति रवि लामिछाने अमेरिकामा हुँदा नै थापाको उनीसँग राम्रो सम्बन्ध थियो। रास्वपा गठन हुँदा उनी पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए।
अहिले थापा रास्वपाको जिम्मेवारीबाट अलग भइसकेका छन्। उनले सात महिनाअघि नै राजीनामा दिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
रास्वपाको केन्द्रीय समितिबाट राजीनामा दिए पनि निर्वाचन आयोगको रास्वपाको अभिलेखबाट भने उनको नाम हटेको छैन। आयोगले पछिल्लो पटक अद्यावधिक गरेको सूचीमा थापाको नाम छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




