समाचार

पश्चिम बंगालमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १०को मृत्यु, ३५ घाइते

काठमाडौं । भारतको पश्चिम बंगालको पूर्वीबर्दवानमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भन् अन्य ३५ जना घाइते भएका छन् ।

‘शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वीबर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकको पछाडि ठोक्कियो,’ एक अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

पार्किङ गरी राखेको ट्रकको पछाडि गएर बस ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहार तर्फ आउँदै गरेको उक्त बस चालकले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।

 

सम्बन्धित समाचार

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...