
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । उनलाई आजै अध्यक्ष नेपालले शपथ ग्रहण गराएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिइएको छ । भने, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ ।
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान गत २७ असारमा एकीकृत समाजवादी पार्टीमा समाहित भएको थियो ।