राजनीति

माधव नेपालपक्षलाई निर्णय सच्याउन समाजवादी युवा संघको इतरपक्षको अल्टिमेटम, नभए भोलि नै नयाँ कमिटी बन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघको निर्णय सच्याउन माग राख्दै इतरपक्षले २४ घण्टे अल्टिमेटम दिएको छ।

इतरपक्ष मानिने सन्जीप राई पक्षले संस्थापन पक्षले विधान विपरीत कामकारबाही गरेको भन्दै अल्टिमेटम दिएका हुन्। यसअघि राेशन थापाको नेतृत्वमा बनेको कमिटी अमान्य भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

युवा संघका ७ पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।उपमहासचिवद्वय सन्जीप राई र निर्भीक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जित बहादुर हमाल (कुमार), खड्क आचार्य र भेषराज शाहले असन्तुष्टि जनाएका हुन्।

पार्टीको निर्णय र संघको विधानलाई लत्त्याउँदै गरिएका अराजनीतिक निर्णयहरुले युवा सङ्घ नेपालको मर्ममा गम्भीर चोट पुर्‍याएको आरोप उनीहरूको छ।

पार्टीले ०८१ माघ १४ गते जारी गरेको अपानि ४ को बुँदा न। ६ बमोजिम संघको तत्कालीन नेतृत्व र पदाधिकारीहरू केन्द्रीय सदस्य भई सकेकाले युवा संघबाट बिदा गर्ने र इन्चार्ज लक्ष्मण केसीलाई सङ्गठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडि बढाउन निर्देशन गरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘तर इन्चार्ज कमरेडले मनोमानी ढङ्गबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत ४ वर्ष अगाडी दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा सङ्घ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, जो पार्टी सङ्गठन र युवा संघको काममा निरन्तर अविचलित भई खडा भइरहेको छ ।’

राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्‍याउँदै संघको विधानको विरुद्ध ९ औँ राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यताप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत संघको विधानको बलमिचाइ गरी रहेकोले २४ घण्टा भित्र निर्णय नसचाए, सङ्घलाई गलत दिशाबाट जान रोक्न युवा सङ्घ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै, नसच्चाए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रूपान्तरणका लागि सङ्गठनलाई व्यवस्थित गर्दै अगाडी बढाउने कुरा जानकारी गराउँदछौँ।’

युवा संघमा यसअघिबाटै विवाद छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूखुसी तदर्थ कमिटी गठन गरेको भन्दै सम्मानित नेता झलनाथ खनाल निकट युवा नेताहरू असन्तुष्ट छन्।

उनीहरूले तत्काल राष्ट्रिय सम्मेलन तोकेर जान अनुरोध गरेका छन्। यदि भोलिसम्ममा निर्णय नसच्याए अर्को कमिटी बनाउने स्रोतको दाबी छ। सचिव शाहका अनुसार भ‍लिदेखि नै नयाँ कमिटी बन्नेछ।

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...