खेलकुद

फेरि हार्याे नेपाली क्रिकेट टिम

काठमाडौँ। कुशल मल्लको अर्धशतकका बाबजुद नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ।

शनिबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको ‘ए’ सँग ३२ रनले पराजित भएको हो।

समूह चरणको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो।

बंगलादेश ‘ए’ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्ल ५९ र नन्दन यादव १४ रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख २८ रनमा आउट भए।

लोकेश बम १५ रन बनाउँदा क्याच आउट हुन पुगे।

कप्तान रोहित पौडेलले १० रन मात्रै जोड। दीपेन्द्रसिंह ऐरी १ रन बनाउँदा एलबीडब्लु धरापमा परे। गुल्सन झा पहिलो बलमा नै एलबीडब्लु आउट भए।

करण केसी ६ रन बनाउँदा क्याच आउट ने हुन पुगे।

नेपालविरुद्ध घातक बलिङ गरेका बंगलादेश ‘ए’ का रकिबुल हसनले ३ विकेट झारे। उनले आफनो स्पेलमा मात्र १८ रन खर्चेर ३ विकेट लिए। नेपालका लोकेश, दीपेन्द्र र गुल्सनलाई पेभेलियनको बाटो उनैले देखाए।

त्यस्तै रिपोन मन्डल र तोफइल अहमदले एक विकेट आफ्‌नो नाममा गरे।

त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड टु मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर जिसम आलम र मोहम्मद नैमले ६।४ ओभरमा ६६ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए।

बंगलादेशका ओपनर जिसन आल सर्वाधिक ७३ रन बनाउँदा नन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे।

जिसनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद नेम २५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे मोहम्मदले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

सैफ हसन ११ रन बनाउँदा रनआउट भए। ११ बलमा ११ रन बनाएका सैफ रिजन ढकालको बलमा विकेट किपर आशिफ शेखको हातबाट रनआउट हुन पुगे।

कप्तान नुरुल हसन ५ रन बनाउँदा करण केसीको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। आफिफ होसेन ४८ रनमा अविजित रहे।

नेपालका लागि रिजन ढकालले २ विकेट झारे। करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट आफ्‌नो नाममा गरे। सन्दीपले आफ्‌नो स्पेलमा २१ मात्रै रन खर्चे।

समू चरणको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार एमएस एकेडेमीविरुद्ध खेल्नेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...