आइतवार, भदौ १, २०८२
English
Follow us:

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

  • खबर सेवा

  • आइतवार, भदौ १, २०८२

  • 38
    SHARES
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् । सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology