अर्थ

भदौमा पनि घट्यो बैंकहरूको ब्याजदर

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। २० मध्ये ८ बैंकले ब्याजदर घटाएका हुन् भने ११ बैंकले साउन महिनाकै दरलाई यथावत् राखेका छन्। एउटा बैंकले भने ब्याजदर बढाएको छ।

साउनको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०।११ प्रतिशतले घटेर ५।५७ प्रतिशत कायम भएको छ। साउनमा यो दर ५।६८ प्रतिशत थियो। त्यस्तै, संस्थागत निक्षेपमा औसत ब्याजदर ४.११ प्रतिशतबाट घटेर ३.९६ प्रतिशतमा झरेको छ।

ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, सानिमा, एभरेष्ट, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक छन्। यता, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एशिया, माछापुच्छ्रे र नेपाल बैंकले भने ब्याजदर यथावत् राखेका छन्।

प्रभु बैंक भने अपवाद बनेको छ। यसले भदौमा व्यक्तिगत निक्षेपमा ब्याजदर १।१ प्रतिशतले बढाउँदै ५।३५ प्रतिशत पुर्‍याएको छ। साउनमा भने यसले ४।२५ प्रतिशत ब्याज दिँदै आएको थियो।

हाल बैंकहरूमा कर्जायोग्य रकम पर्याप्त रहेकाले कर्जा विस्तार गर्न ब्याजदर बढाउने स्थिति छैन। यही कारणले भदौ महिनामा पनि धेरै बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका हुन्।

व्यक्तिगततर्फ कुन बैंकले कति दिन्छन् ब्याज ?

एभरेष्ट बैंकस् व्यक्तिगत ५.७५५

सानिमा बैंकस् व्यक्तिगत ५.७५५,

कुमारी बैंकस् व्यक्तिगत ५.२१५,

सिद्धार्थ बैंकस् व्यक्तिगत ५.५५

लक्ष्मी सनराइजस् व्यक्तिगत ५५

कृषि विकास बैंकस् व्यक्तिगत ५.२५

नेपाल एसबिआईस् व्यक्तिगत ५.२५५

स्ट्यान्डर्ड चार्टर्डस् व्यक्तिगत ५.१३५

ब्याजदर यथावत् राख्ने बैंकहरू

माछापुच्छ्रे, प्राइम, ग्लोबल आइएमई, एनएमबी, हिमालयनस् व्यक्तिगत ६५

राष्ट्रिय वाणिज्य, नबिल, सिटिजन्सस् व्यक्तिगत ५.५५

नेपाल बैंकस् व्यक्तिगत ५.४५

एनआईसी एशियास् व्यक्तिगत ६.२५५

सम्बन्धित समाचार

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...