खेलकुद

आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ। इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ। नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग १–० ले पराजित भयो। ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले गरेको एक मात्र गोल निर्णयक बन्यो।

युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए। पछिल्ला तीन सिजनमा उपविजेता रहेको आर्सनलका व्यवस्थापक मिकेल आर्टेटामाथि २००३–०४ यता पहिलो लिग उपाधि दिलाउन ठूलो दबाब रहेको छ।

युनाइटेडले फरवार्ड लाइन मजबुत बनाउन म्याथ्युज कुन्हा, ब्रायन एमबेउमो र बेन्जामिन सेस्कोलाई २० करोड पाउन्ड खर्च गरेर भित्र्याएको थियो। कुन्हा र एमबेउमोले राम्रो प्रभाव देखाए पनि गोल भने गर्न सकेनन्।

युनाइटेडले गत सिजन ३८ प्रिमियर लिगमा केवल ४४ गोल मात्र गर्न सकेको थियो र टोली १५ औं स्थानमा रहेको थियो। ५१ वर्षयता युनाइटेडको त्यो सबैभन्दा कमजोर प्रदर्शन थियो।

क्लब वर्ल्डकप विजेता चेल्सी पनि नयाँ सिजनको आफ्नो पहिलो खेलमै क्रिस्टल प्यालेसबाट गोलरहित बराबरीमा रोकिएको छ। स्टामफोर्ड ब्रिजमा एकै अंक मात्र बटुल्न सक्नु चेल्सीका लागि निराशाजनक सुरुवात रह्यो।

आइतबारकै अर्को खेलमा पहिलो हाफमा सम्भव तीन गोलको मद्दतले नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्‍यो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...