शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
काठमाडौँ। आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका १ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो।
दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो।
श्रीमान्सँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशंका प्रहरीको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...
काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना
काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने...
कञ्चनपुरमा छोराबाट आमाको हत्या
कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...
लागुऔषधसहित सातजना पक्राउ
झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।...




