यी ३ फिल्म एकसाथ रिलिज हुँदैछन् आज
काठमाडौं। आज शुक्रबार सिनेमा हलहरूमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ हलमा लागेका हुन्।
पहिलो दिन मल्टिप्लेक्स हलहरूले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ र ‘माग्ने राजा’ राम्रो सो उपलब्ध गराए पनि ‘ताराहरू’ लाई भने औसत सो दिएको छ। तर, वर्ड अफ माउथ पब्लिसिटीले यी फिल्महरूको व्यापार निर्धारण गर्नेछ।
हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ ले कोरिया जान संघर्षरत एक युवाको कथा भन्छ। यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्।
अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि विजयको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो। यस फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगरको अभिनय रहेको छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।
त्यसैगरि, आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ रिलिज भएको छ। मानसिक स्वास्थ्यको विषयवस्तु समेटेको फिल्ममा शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ। गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा निर्माता रहेको फिल्ममा निर्देशक शर्माको नै कथा रहेको छ।
केदार घिमिरे(माग्ने राजा)को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ पनि रिलिज भएको छ। मुनाल घिमिरेको निर्माता रहेको यस फिल्ममा केदार पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन्।
आरम्भ प्रडक्सनको ब्यानरमा बनेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कथा सामीप्यराज तिमल्सेनाको लेखेका हुन्।
*शीर्षक सच्याइएको छ
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...




