समाचार

यी नदीमा छ आज बाढीको बहाव, सचेत रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

यसका अलावा आज सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुमपश्चिम, रुकुमपूर्व, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढी आएर मध्यम जोखिम निम्तिने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।

साथै तापलेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर काभ्रेपलाञ्चोक तनहुँ, बागलुङ, गोरखा, पर्वत, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, बाजुरा, हुम्ला, डोल्पा, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि आज बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढी आई मध्यम जोखिम निम्तिने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जानकारी गराएको छ।

सम्बन्धित समाचार

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...