बुधबार, भदौ ११, २०८२
English
Follow us:

छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई मदन पुरस्कार

छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई मदन पुरस्कार

  • खबर सेवा

  • शुक्रबार, भदौ ६, २०८२

  • 40
    SHARES
छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई अर्पण गर्ने निर्णय गरेको छ । यस्तै लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा–श्री सम्मान अर्पण गर्ने घोषणा गरिएको छ ।

गुठीको साधारण सभाले शुक्रबार गरेको निर्णयअनुसार ‘लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान’ गरेबापत गिरीलाई जगदम्बा–श्री प्रदान गरिने भएको अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि कुल २९९ पुस्तक प्राप्त भएका थिए। तीमध्ये सात पुस्तकहरू अन्तिम चरणमा छनोटमा परेका थिए ।

छनोटमा परेका पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ समावेश थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology