राजनीति

पार्टीभित्रको अराजकता हल गर्न अनुरोध गर्दै चन्द, राणा र लोहनीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूले तीन जना पूर्व अध्यक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । राप्रपाका संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेटेर वार्ता गरेका हुन् ।

महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न जरुरी भएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्! महाधिवेशनलाई प्रभावित पार्नेगरी विधान मिच्दै नेतृत्वले गरेको सबै कारबाही, निष्कासन फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकल नेतृत्वको शैलीमा पार्टीलाई अघि बढाएर संकट र समस्याहरू खडा गरेको उनीहरूले बताएका छन्।

यही क्रममा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्सेर राणा, सहितका अन्य  नेताहरू विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही, सगुन सुन्दर लावती लगायतले बिहीबार राणा, शुक्रबार चन्द र शनिबार डा. लोहनीसँग भेटेका हुन् ।

पार्टीमा देखिएका समस्याहरू विधान बमोजिम समाधान गर्न र महाधिवेशन समयमै सम्पन्न गर्न असुन्तष्ट नेताहरुले बुधबार अध्यक्ष लिङदेनको लिखित रुपमै ध्यानाकर्षण गरेका थिए ।

लिङदेनबाट भएको विधानको श्रृंखलावद्ध उल्लंघन, मन नपरेका पार्टी नेता तथा सदस्यहरुलाई विधान मिच्दै मनलागी कारवाहीबाट उत्पन्न समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा असन्तुष्ट नेताहरुले पूर्वअध्यक्षहरुको अभिभावकीय भूमिका अनुरोध गरेका छन् ।

तीन पूर्वअध्यक्षहरूसँगको भेटमा सकारात्मक आश्वासन प्राप्त भएको नेता सगुन सुन्दर लावतीले बताए ।

 

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...