राजनीति

समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

बर्दिवास । नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले मधेस प्रदेश कमिटीकाे बैठक महोत्तरीको बर्दिवासमा सप्पन्न भएको छ । बैठकको अध्यक्षता संघका केन्द्रिय सचिब माधब प्रसाद यादवले गरेका थिए भने प्रदेशका जिल्लाहरुको संगठनात्मक अवस्था र प्रदेश भेला बारे छ्लफल गरेका छन ।

बैठकले मधेस प्रदेशका सबै जिल्लाहरुमा कमिटी गठन गर्दै असोज २५ गते सर्लाहीमा प्रदेशको बृहत भेला गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष माधव यादवले बताएका छन्।

बैठकमा संघका उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज अनील पटेल, अनुशासन आयोग प्रमुख शैलेन्द्र यादव, लेखा उपप्रमुख भोजराज हुमागाई सहित ७ जिल्लाका उपलब्ध केन्द्रिय सदस्यहरु र जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम बैठक गरेका थिए ।

बर्दिवासको चिया चौतारीमा सम्पन बैठकले पार्टी आन्दोलनमा प्रतिबद्ध र संगठनमा क्रियाशिल, सक्रिय युवा, युवा संघका केन्द्रिय सदस्य दिपेश अधिकारी दुर्घटनामा परेकोमा स्वाथ्य लाभको कामना समेत गरेका छन् ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...