हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’, बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...




