एकीकृत समाजवादीको युवा संघ विवादमा आमनेसामने हुँदै दुवैपक्ष, दुवैको अडान कायमै
काठमाडौं । समानान्तर गतिविधि फैलाएर गतिविधि गरिएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका सह अध्यक्ष सञ्जीव राई आधिकारिक पक्षले कारबाही गर्ने भएको छ।
उनीमाथि संगठनको आचरसंहिता विपरीत काम गरेको भन्दै इन्चार्ज लक्ष्मण केसीले कारबाही सिफारिस गरेका छन्।
संगठनको आधिकारिक कमिटीका अध्यक्षमा रोशन थापा छन् भने उनीविरुद्ध राईले समानान्तर गतिविधि बढाएका छन्।
राईले विधान विपरीत अराजनीतिक काम गरेको भन्दै साधारण सदस्यता समेत नरहनेगरी निलम्बनका लागि केन्द्रीय कमिटीसमक्ष अनुरोध गरिएको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जानकारी गराएका छन् ।
यता राई पक्षले भने थापा पक्षलाई अवैध कमिटीले भनेको छ। समानान्तरका महासचिव भेषराज शाहका अनुसार आफ्नो संगठनले पार्टीको विधि विधान, पद्धति र माउ पार्टीले बोकेको विचार, दर्शन, शिद्धान्त मुल्य मान्यताको जगमा अविचलित अगाडी लम्कने संगठन भएको बताएका छन्।
उनले एकीकृत समाजवादी र युवा संघ नेपालमा पछिल्लो समय गम्भीर षडयन्त्र भइ रहेको आरोप लगाएका छन्। शाहले अवैधानिक कमिटीले हाम्रो संगठनका नेतृत्व र कार्यकर्ताहरुलाई बद्खाइ गरी पार्टी आन्दोलनलाई कमजोर पार्ने हर्कतहरु गरेेको जनाएका छन्।
थापा अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...




