इम्बोस्ड नम्बर अनिवार्य गराउने सरकारको निर्णय विरुद्ध आन्दोलनको घोषणा
काठमाडौं। इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा. केसीले चेतावनी दिए।
देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने उनले ठोकुवा गरे। उनले भने, ‘अर्बौँ कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने, देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।’ उनले सत्ताको दुरुपयोग गरी आमनेपाली नागरिकलाई मातृभाषा मेटाउने ग्रान्ड डिजाइनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिकार गर्न आह्वान गरे।
उनले भने, ‘माफिया योजनामा देवनागरी लिपि मेटाउने राष्ट्रघातीहरूले जनतालाई डर, त्रास र धम्की दिएका छन्। यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न अपिल गर्दछौँ।’
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




