खेलकुद

बंगलादेशविरुद्ध पनि नेपालको हार

काठमाडौं। साफ यू १७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ। बंगलादेशले नेपाललाई ३-० ले हराएको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे।

भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन । नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचाउ गरिन्।

बंलादेशका खेलाडीको करिब आधा दर्जन प्रहारलाई उनले बचाइन्।
तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन्। र्यसपछि ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो।

नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन । निर्धारित ९० मिनेटमा बंलादेशले पनि थप गोल गर्न सकेन । तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ज गर्यो।

यो महत्वपुर्ण जितमा ३ अंक जोडेको छ। तीन खेलमा बंगलादेशले ६ अंक बनाएको छ। यसअघि बंगलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...