बिगो बुझाउँदा पनि जिल्लाबाट रिहाइ नभएपछि उच्च अदालत पुगे रवि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दर्ता गरेका छन्।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेले आफू माथि देखाइएको बिगो बराबरको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न माग गरेका थिए। तर, जिल्ला अदालत रूपन्देहीले उक्त निवेदन अस्वीकार गरेको थियो।
अदालतले बिगो रकम अझै यकिन नभएको, मुद्दामा साक्षी बुझ्ने र थप प्रमाण संकलन गर्ने प्रक्रिया बाँकी रहेको कारण देखाउँदै लामिछानेलाई बैंक ग्यारेन्टीमार्फत तारेखमा राख्ने अवस्था नदेखिएको आदेश दिएको थियो। सो आदेशबारे असहमति जनाउँदै लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले भने,‘उहाँले बिगो रकमसहित जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै निवेदन दिनुभएको छ। निवेदन दर्ता भएको छ तर पेसीको मिति भने यकिन भएको छैन।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...




