मङ्लबार, भदौ १०, २०८२
English
Follow us:

इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्देशनको यातायात महासंघको कडा आपत्ति

इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्देशनको यातायात महासंघको कडा आपत्ति

  • खबर सेवा

  • सोमवार, भदौ ९, २०८२

  • 59
    SHARES
इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्देशनको यातायात महासंघको कडा आपत्ति

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले १ असोजदेखि सवारीसाधनहरूमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्न जारी गरेको सूचनाप्रति सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले कडा आपत्ति जनाएको छ ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय व्यवसायी हितविपरीत, अव्यवहारिक तथा राष्ट्रकै स्वाभिमानमाथिको आँच भएको आरोप लगाएको छ । ‘देशमा कुनै पूर्वाधार तयार नगरी विदेशी प्रविधि लागू गर्न खोजिएको छ,’ महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले विदेशी कम्पनीसँगको सहकार्यमा एकपक्षीय ढंगले निर्णय लिइएको भन्दै यसले नेपालीहरूको गोपनीयता र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन् । इम्बोस्ड प्लेट प्रणालीमार्फत नागरिकको सम्पूर्ण विवरण विदेशी कम्पनीको नियन्त्रणमा जाने खतरा रहेको महासंघको आरोप छ ।

महासंघले यो प्रणाली सार्वजनिक, निजी, पर्यटन तथा ढुवानी सेवा दिने सम्पूर्ण सवारीसाधनमा अनिवार्य बनाउने सरकारको प्रयासप्रति व्यापक असहमति जनाएको छ । ‘सर्वसाधारण, संचारकर्मी, कानुन व्यवसायी तथा सम्पूर्ण यातायात क्षेत्रलाई गम्भीर भएर विचार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारसँग वार्ता र संवादमार्फत समस्या समाधान खोज्नुपर्नेमा जोड दिँदै महासंघले पूर्वाधार विकास, व्यवहारिकता र व्यवसायीको हितलाई ख्याल नगरी गरिएको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जवरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजेमा त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सम्बन्धित मन्त्रालय र निकाय स्वयंले लिनुपर्नेछ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology