इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्देशनको यातायात महासंघको कडा आपत्ति
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले १ असोजदेखि सवारीसाधनहरूमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्न जारी गरेको सूचनाप्रति सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले कडा आपत्ति जनाएको छ ।
महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय व्यवसायी हितविपरीत, अव्यवहारिक तथा राष्ट्रकै स्वाभिमानमाथिको आँच भएको आरोप लगाएको छ । ‘देशमा कुनै पूर्वाधार तयार नगरी विदेशी प्रविधि लागू गर्न खोजिएको छ,’ महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले विदेशी कम्पनीसँगको सहकार्यमा एकपक्षीय ढंगले निर्णय लिइएको भन्दै यसले नेपालीहरूको गोपनीयता र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन् । इम्बोस्ड प्लेट प्रणालीमार्फत नागरिकको सम्पूर्ण विवरण विदेशी कम्पनीको नियन्त्रणमा जाने खतरा रहेको महासंघको आरोप छ ।
महासंघले यो प्रणाली सार्वजनिक, निजी, पर्यटन तथा ढुवानी सेवा दिने सम्पूर्ण सवारीसाधनमा अनिवार्य बनाउने सरकारको प्रयासप्रति व्यापक असहमति जनाएको छ । ‘सर्वसाधारण, संचारकर्मी, कानुन व्यवसायी तथा सम्पूर्ण यातायात क्षेत्रलाई गम्भीर भएर विचार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारसँग वार्ता र संवादमार्फत समस्या समाधान खोज्नुपर्नेमा जोड दिँदै महासंघले पूर्वाधार विकास, व्यवहारिकता र व्यवसायीको हितलाई ख्याल नगरी गरिएको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जवरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजेमा त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सम्बन्धित मन्त्रालय र निकाय स्वयंले लिनुपर्नेछ ।’
ताजा अपडेट
-
१.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
२.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
३.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
४.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
५.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




