लिपुलेक हुँदै व्यापार गर्ने चीन-भारत सम्झौताप्रति नेविसंघको प्रदर्शन
काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा प्रदर्शन गरेको छ।
नेविसंघ अध्यक्ष दुर्जाङ शर्पाको नेतृत्वमा विद्यार्थीले भारतीय विस्तारवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले लिपुलेक हाम्रो भूमि हाे, नेपालको सार्वभौमसत्ता रक्षा गरौँ लगायतका नारा लेखिएको ब्यानर प्रस्तुत गरेका थिए।
संघले यो सम्झौता नेपालको सार्वभौमसत्ता र भू–अखंडतामा आघात पुर्याउने खालको रहेकोले तत्काल खारेजीको माग गरिएको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार यसपछि अन्य चरणबद्ध आन्दोलन गरिने सेजुवालको भनाइ छ।
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...




