लिपुलेकबारे बोल्यो रास्वपा, राष्ट्रिय अखण्डतामा दृढ, सरकारको कार्यशैलीप्रति असन्तुष्ट
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता मान्य नहुने बताएको छ। हालै भारत र चीनले नेपालको भूमि लिपुलेक भएर व्यापार अघि बढाउने सम्झौता गरेपछि रास्वपाले धारणा सार्वजनिक गरेको हो।
‘नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमालझै अडिग रहेको छ। नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ,’ रास्वपाले भनेको छ।
गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भूभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि रास्वपाले बताएको छ।
यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै भएको रास्वपाको भनाइ छ।
‘संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुनःस्मरण गराउन चाहन्छौं। संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ। यसैले देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ,’ रास्वपाले भनेको छ।
रास्वपा नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्ने विज्ञप्तिमा उल्लेख छ।
‘नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न सकिँदैन। यस विपरितका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ।
विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई सर्वात्मना एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको छ। यस विषयमा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न रास्वपा तयार रहेकोसमेत जानकारी गराउँदछौं,’ अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ताजा अपडेट
-
१.
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
-
२.
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
-
३.
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
-
४.
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
-
५.
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...




