खेलकुद

साफ यू १७ महिला च्याम्पियनसिप : बंगलादेशसँग भिड्दै नेपाली टोली

काठमाडौँ। भुटानमा जारी साफ यू १७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

नेपालले तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। आइतबार भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिनेछ। आजको खेलपछि बाँकी रहेका दुई खेलमा पनि नेपालले जित्नुपर्नेछ। आजको खेलपछि अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्। चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...