बुधबार, भदौ ११, २०८२
English
Follow us:

रौतहटमा सुटकेशभित्र मृत भेटिएकी रूवीका हत्यारा घाइते अवस्थामा भेटिए

रौतहटमा सुटकेशभित्र मृत भेटिएकी रूवीका हत्यारा घाइते अवस्थामा भेटिए

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 31
    SHARES
रौतहटमा सुटकेशभित्र मृत भेटिएकी रूवीका हत्यारा घाइते अवस्थामा भेटिए

रौतहट। रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनामा आरोपी नै जलेको अवस्थामा भेटिएको छ। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका ६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीका अनुसार आरोपीले आफूले आफैलाई जलाएका थिए। उनलाई घाइते अवस्थामा उद्धार गरी गरुडाको अस्पताल पुर्‍याइएको छ। उनले हत्याको आरोप पनि स्वीकार गरेका छन्। गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका ९ गौर सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।

भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका ६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो। उनको घर भारतको मुजफ्फरपुर रहेको र चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्। माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका २ महादेवपट्टि बस्दै आएकी थिइन्। उनको श्रीमान भने भारतमै छन्। घटनापश्चात श्रीमान पनि रौतहट आएका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology