सर्वोच्चले भन्यो ; बुद्धको जन्मस्थल लुम्बिनीको हातामा भएका उद्योग सार्नु, अरू नबनाउनू
काठमाडौं । सर्वोच्च अदालतले भगवान गौतम बुद्धको जन्मस्थलको हाताबाट प्रदूषण बढाउने उद्योग हटाउनुप र्ने फैसला गरेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा असर पर्ने भएकाले अन्यन्त्र सार्न र नयाँ निर्माण नगर्नुपर्ने फैसला गरेको हो।
न्यायाधीश कुमाररेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले लुम्बिनी क्षेत्र संरक्षणका लागि निर्मित पर्खालको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्व, पश्चिम तथा उत्तरतर्फ १५ किलोमिटर दुरीभित्र, साथै लुम्बिनी भैरहवा कोरिडोर खण्डमा सडकको दायाँबायाँ ८०० मिटर भित्र धुलो, धुवाँ तथा कार्बन उत्सर्जन गर्ने कुनै पनि नयाँ उद्योग स्थापना गर्न अनुमति नदिन आदेश दिएको हो।
आदेशमा मिति २०६६ साल मंसिर १२ गते भन्दा अघि दर्ता भई सञ्चालनमा रहेका प्रदूषणकारी उद्योगलाई पहिलो प्राथमिकतामा स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।
अदालतले यस्ता उद्योगको पुँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य थप तथा विद्युत क्षमता थप गर्न स्वीकृति प्रदान नगर्ने नीति कायम राख्न भनेको छ, जसको स्पष्ट अर्थ क्रमशः ती उद्योगलाई बन्द गराई स्थानान्तरण गर्ने लक्ष्य रहेको देखिन्छ । यसका लागि २ वर्षको समयसीमा तोकिएको छ ।
ताजा अपडेट
-
१.
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
-
२.
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
-
३.
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
-
४.
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
-
५.
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...




