रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपालको जित
काठमाडौँ। कप्तान रोहित पौडेलको शतकमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास वान डे खेल जितेको छ। शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए। सोमपाल कामी ४० रनमा अविजित रहे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो।
साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए। रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




