कहाँ कहाँ पर्दैछ पानी?
काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९।८ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यवधिक गरेको विवरणमा उल्लेख छ।
त्यस्तै डोटीको गैरामा १५ मिलिमिटर, डडेलधुराको साहुखर्कमा १०८ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ। बैतडी, बझाङ लगायतका ठाउँहरूमा पनि वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
यस्तो छ आजको मौसम
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम...




