खेलकुद

एपीएफमाथि अल नासारको फराकिलो हार

काठमाडौँ। एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा नेपालको एपीएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ। मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपीएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्।

पहिलो हाफको इन्ज्युरी समयमा मिनेटमा नासारले अग्रता दुगुना गर्यो। कप्तान मारियाले गोल गरिन्। खेलको ५० औं मिनेटमा सविता राना मगरले गोल गरिन्। एएफसी महिला च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको पहिलो गोल हो।

तर यसपछि क्लारा लुभाङ्गाले रूथ किपोईको असिस्टमा गोल गर्दै नासारलाई ३-१ को अग्रता दिलाइन्। खेलको ७० औं मिनेटमा फ्रि किकमा सीधै गोल गरिन्। लगत्तै ८० औं मिनेटमा होल गर्दै मारियाले ह्याट्रिक पूरा गर्न गरिन्। यसपछि ८६ औं मिनेटमा सोखान सालिनीले गोल गर्दा नासारले ६-१ को जित दर्ज गर्यो।

यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३-० ले हारेको थियो। दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले ४-० ले माथ दिएको थियो। एपीएफले यो छनोट दोस्रो पटक खेलेको हो। अंक नजोडी एपीएफ समूह चरणबाटै बाहिरियो।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...