किन परिवर्तन भो नेपाल-वेस्ट इन्डिज शृंखलाको खेल तालिका?
काठमाडौँ। नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टी २० शृंखलाको खेल तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ।
क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट मैदानमा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा टी२० शृंखलाका खेलहरू आयोजना हुने भनिएकोमा अब सेप्टेम्बर २७, २९ र ३० मा खेल हुनेछ।
नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।
सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग नेपालले टी२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भनेर क्यानले वार्षिक क्यालेन्डरमा नै समावेश गरेको थियो।
नेपालले यूएईकै छिमेकी मुलुक ओमानमा अक्टोबरमा हुने आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। यो शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डले सहयोग गरेका छन्।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




