समाचार

मध्यरातमा हल्लियो सिन्धुपाल्चोक, देशभर ३ पटक भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोकमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ। राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४।० म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो।

यसअघि बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४।० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर १३ मिनेटमा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

 

सम्बन्धित समाचार

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...

कस्तो रहला मौसम?

कस्तो रहला मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...