राजनीति

बिदा भए आईजी थापा, अब प्रहरी कमान्ड खापुङको काँधमा

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट अवकाश पाएका छन् । उनीसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाए ।

आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमार्फत नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बिदाइ गरे । कार्यक्रममा उच्च प्रहरी अधिकृत, कर्मचारी तथा थापाका परिवारजन उपस्थित थिए ।

त्यसअघि गृहमन्त्री रमेश लेखकले पनि पूर्वआईजीपी थापालाई गृह मन्त्रालयमा बिदाइ गरेका थिए । मन्त्री लेखकले थापाको दीर्घ सेवाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे ।

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बिहीबारदेखि नेपाल प्रहरीको ३२औँ महानिरीक्षकका रूपमा कमान्ड सम्हाल्नेछन् ।

सम्बन्धित समाचार

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...