अर्थ

एनसेलले भन्यो ; अब फेसबुकलगायतका सेवाहरू हामी निष्क्रिय बनाउँदैछौँ

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरू नचल्ने सूचना जारी गरेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको प्लेटफर्मलाई व्यवस्थित गर्ने निर्देशिका,२०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म निष्क्रिय पार्ने निर्णय गरेसँगै एनसेलले यस्तो सूचना जारी गरेको हो ।

‘प्राधिकरणको निर्णयसँगै एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरू नचल्ने अग्रिम जानकारी गराउँछौं,’ एनसेलले जारी गरेको सूचनामा भनिएको छ, ‘यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

एनसेलले टिकटक र भाइबर लगायत दर्ता भएका सामाजिक सञ्जालका प्लेटफर्म भने एनसेल डाटा सेवामार्फत् चलाउन सकिने पनि जानकारी गराएको छ ।

 

सम्बन्धित समाचार

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज/सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४६...

हेर्नुस् डलरको भाउ

हेर्नुस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...