शुक्रबार, पुस १२, २०८१
English
Follow us:

प्रधानमन्त्री देउवाले भने : ‘गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यसले हाम्रो पार्टी खत्तम हुन्छ ‘

प्रधानमन्त्री देउवाले भने : ‘गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यसले हाम्रो पार्टी खत्तम हुन्छ ‘

  • खबर सेवा

  • बिहिबार, बैशाख २२, २०७९

  • 5
    SHARES

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गरे ।

गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन”, उनले भने ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले यस अघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उनले आग्रह गरे ।

उनले भने, “उहाँलाई जिताउनुहोस्, १०÷२० वर्ष गठबन्धन टिक्छ ।” सभापति देउवाले थपे, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन ।”

आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उनले भने, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।” उनले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताए । उनले भने, “जनताले चुनेर आएका पार्टीका साथीहरुको भोटले पार्टी सभापति भएको हुँ ।”

उनले भने, “नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाईभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।” सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । उनले जोड दिँदै भने, “चितवनका साथीहरुको कर्तव्य छ । रेनु दाहाललाई सहयोग गर्नुपर्छ ।” भरतपुरको विकास भएको भन्दै उनले भने, “ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ ?”

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उनले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिए ।

उनले भने, “भरतपुर महत्वपूर्ण ठाउँ बन्ने छ । संसारका पर्यटक आउनेछन् । क्रिकट हेर्न संसारभरिका मानिस आउँछन् । काम गर्ने मान्छे नभए को हुन्छ?” भरतपुर महानगरमा दाहालको नेतृत्वको जनप्रतिनिधिले बेरुजु शून्य बनाएको उनको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology