एमाले विधान महाधिवेशन : कमजोर बन्यो विद्या पक्षको स्वर, अधिकांश प्रतिनिधि ओलीकै पक्षमा
काठमाडौँ। नेकपा एमाले विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन पेश गर्दै समूहगत नेताहरुले भाबी पार्टी नेतृत्व पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
आइतबार बिहान सनराइज सभाहल गोदावारी, ललितपुरमा पेश गर्दै समूहगत नेताहरुले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरुमा केही सुझावसहित मूल अवधारणामा सहमत जनाएका छन् ।
प्रतिवेदन पेश गर्दै सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निश्कर्ष हाम्रो समूहको ठहर ।’
कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले अघिल्लो वक्ता जैशीको भनाईलाई समर्थन गर्दै भने, ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’ लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताए।
त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताए । बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको बताए।
ढुंगेलले भने, ‘चीन भ्रमणका क्रममा लिपुलेक बारे चीनका राष्ट्रपतिसँग आफ्नो अडान राखेकाले राजनेता केपी शर्मा ओलीलाई हाम्रो समूहको तर्फबाट उच्च सम्मान गर्नुपर्छ भन्ने मत छ ।’
मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताए। ‘पार्टीमाथि देशी÷विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुनः नेतृत्व दिनु पर्छ’, मण्डलले भने।
कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे। खतिवडाले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संबैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरुलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।’
ताजा अपडेट
-
१.
हर्क साम्पाङ सुनसरी १ बाट विजयी
-
२.
मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी
-
३.
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
-
४.
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
-
५.
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
ट्रेन्डिङ
सम्बन्धित समाचार
हर्क साम्पाङ सुनसरी १ बाट विजयी
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार...
मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी
काठमाडौँ। मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्। शाही सात हजार ९१४ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।...
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...




