राजनीति

एमालेको सकियो विधान महाधिवेशन ; अब सचिवालय नरहने, हट्यो ७० वर्षे उमेरहद

काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन बहुमतले पारित भएका छन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन ध्वनि मतका साथ बहुमतले पारित भएको छ ।

सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा उपाध्यक्ष विष्णु पाैडेलले प्रस्तुत गरेको प्रतिवेदन हलबाट पारित भएको हो ।

समापनसत्रमा बोल्दै ओलीले प्रतिवेदनको व्यवस्थामा सहमत भए पारित गर्न भनेका थिए । हलमा सहभागीहरूले ताली बजाएर पारित गरेका हुन्। अब एमालेमा ७० वर्षे उमेरहद वैधानिकरूपमा हटेको छ।

एमालेको दोस्रो विधान महाधिवेशनले एमालेमा सचिवालयको व्यवस्था खारेज गरेको छ । आइतबार सम्पन्न सो महाधिवेशनले एमालेको विधान संशोधन गरी सचिवालयको व्यवस्था खारेज गरेको हो ।

साथै, महाधिवेशनले स्थायी कमिटी १५ सदस्यीय, पोलिटब्युरो ९९ र केन्द्रीय सदस्य २ सय ५१ जना हुने व्यवस्था गरेको छ भने सदस्यता पनि साधारण र संगठित गरी दुई थरी मात्र कायम गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन बहुमतले पारित भएका छन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन ध्वनि मतका साथ बहुमतले पारित भएका हुन् । योसँगै एमालेको विधान महाधिवेशन सकिएको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित...

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५...

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ । उनले १९ हजार २ सय...

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र...