राजनीति

एमालेको विधान महाधिवेशनले घोषणा गर्यो २९ बुँदे प्रस्ताव

ललितपुर।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै अत्यन्त सफलतापूर्वक आज सम्पन्न भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गते पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष र भव्य समारोहबीच उद्घाटन गर्नुभएको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव, सांगठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरी सम्पन्न भएको हाे ।

विधान महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसै गरी केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेेका थिए।

प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएको थियो । ती समूहहरूमा खास गरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि अत्यन्त सौहार्दपूर्ण वातावरणमा घनिभूत छलफल भएको थियो । छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको महाधिवेशन पछि पार्टीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गरेको विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित...

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५...

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ । उनले १९ हजार २ सय...

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र...