प्रहरीले भन्यो ; संसद् भवनभित्र ३२ जनाको शव फेला गरेको समाचार भ्रामक [सूचनासहित]
काठमाडौं। नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत फेला परेको सूचना भ्रामक रहेको बताएको छ।
बुधबार बिहान एक सूचना सार्वजनिक गर्दै ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने सूचनालाई भ्रामक बताएको छ।
यस परिस्थितिमा जनमानसमा डर त्रास फैलाउने किसिमका नकारात्मक समाचार सिर्जना नगर्न प्रहरीले अनुरोध गरेको छ।
नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ।
बुधबार बिहान जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको जानकारी दिएको हो।

सम्बन्धित समाचार
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...
सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...




