चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा भोलि बुटवल जादैँ
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल जादैँ छन् ।
प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल जान लागेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...




