राजनीति

`कांग्रेस-एमालेको अकमण्यता कारण युवा आक्रोशित भए, जेनजीको प्रदर्शनमा `अवाञ्छित तत्वहरूको घुसपैठ’ भयो´

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीले सुरु गरेको आन्दोलन शासकीय असफलता र भ्रष्टाचारविरुद्धको न्यायोचित आन्दोलन भएको बताउँदै त्यसलाई संविधानसम्मत तरिकाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रचण्डले आज वक्तव्य जारी गरी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित सरकारले गरेको दमनको भर्त्सना गरेका छन् । उनले भने, ‘जनताले उठाएका आवाजलाई सुन्नुको साटो दमन गर्ने सरकारकै कारण ठूलो मानवीय क्षति भयो ।’

उनले आन्दोलनको दोस्रो दिन तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाहरूमा ‘अवाञ्छित तत्वहरूको घुसपैठ’ भएको आरोप लगाएका छन् । त्यस्ता गतिविधि आन्दोलनको आदर्श र उद्देश्यविपरीत भएको भन्दै उनले उच्चस्तरीय न्यायिक छानबिनको माग गरे ।

प्रचण्डले लोकतन्त्र र संविधानलाई प्रतिस्थापन गर्ने प्रयासको विरोध गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझै बलियो लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ सबल गणतन्त्र हो ।’ उनले प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणाली र भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग गठनजस्ता संवैधानिक सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

माओवादी केन्द्र परिवर्तनविरोधी शक्तिसँग उस्तै नभएको दाबीसहित प्रचण्डले भने, ‘हामी यथास्थितिमा बस्न चाहन्नौँ, नयाँ र राम्रो गर्नेहरूसँग हातेमालो गर्न तयार छौँ ।’

उनले जनताको जीवन, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि आक्रमण रोक्न सबै पक्षलाई सचेत रहन आग्रह गर्दै राष्ट्रपतिद्वारा भइरहेको पहललाई समर्थन गरे । साथै, सेनासहितका सुरक्षासंस्थाको संयमता र सहजीकरणप्रति सराहना गर्दै प्रचण्डले राजनीतिक निकासका लागि संवाद, संयम र सहमतिको वातावरण बनाउन आह्वान गरे ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...