संविधानसम्मत निकास खोजिनुपर्छ: एमाले
काठमाडौं । मुलुकमा पछिल्ला दिनमा देखिएको असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर र संवेदनशील बनेको जनाएको छ । पार्टी केन्द्रीय सचिवालयका तर्फबाट महासचिव शंकर पोखरेलबाट आज जारी वक्तव्यमा हालको घटनाक्रमलाई ‘राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने विनाशकारी स्थिति’ को रूपमा चित्रण गर्दै संविधानसम्मत र लोकतान्त्रिक निकास खोजिनुपर्नेमा जोड दिइएको छ ।
भदौ २३ गते जेन्जी युवाहरुले सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्दा भएको जनधनको क्षतिप्रति एमाले स्तब्ध भएको जनाएको छ । सो घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वक्तव्यमा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
त्यसको भोलिपल्ट भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाले मुलुक स्तब्ध बनेको एमालेको दाबी छ । संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल, प्रहरी कार्यालयलगायत संवैधानिक निकायमा गरिएको तोडफोड तथा अभिलेख नष्ट हुनु राष्ट्रका लागि ठूलो क्षति भएको एमालेले जनाएको छ । त्यस्तै, १३ हजारभन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नु शान्ति–सुरक्षामा गम्भीर चुनौती बनेको एमालेको भनाइ छ ।
आयोजकहरुले आफ्नो प्रदर्शन शान्तिपूर्ण रहेको र तोडफोडमा संलग्न नभएको प्रष्ट्याएको प्रसंग उल्लेख गर्दै वक्तव्यमा योजनाबद्ध रूपमा भएको विनाशकारी घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरिएको छ । साथै यति ठूलो विनाश रोक्न सुरक्षानिकाय प्रभावकारी हुन नसकेको विषयमा पनि समीक्षा हुनुपर्ने एमालेको भनाइ छ ।
प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा एमाले स्पष्ट रहेको बताएको छ । युवा पुस्ताका माग सम्बोधन गर्न सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको छ । साथै संसद, न्यायपालिका, प्रदेश र स्थानीय तहले लोकतन्त्रको रक्षा र सेवाप्रवाहमा सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरिएको छ ।
एमालेले असामान्य स्थितिको लाभ उठाउँदै देशभर अझै पनि भइरहेको आगजनी र लुटपाट नियन्त्रणका लागि सेना सहित सबै सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको छ । पार्टीले आफ्नो पङ्क्तिलाई सार्वजनिक कार्यालय सरसफाइ, सामाजिक सद्भाव कायम गर्न र पीडितलाई सहयोग पुर्याउन आह्वान गरेको छ ।
वक्तव्यमा भनिएको छ, “असामान्य चुनौतीबीच पनि एमाले दृढ विश्वासका साथ अगाडि बढ्नेछ । उच्च मनोबल कायम गरी प्रतिकूलतालाई चिर्नु आवश्यक छ ।



ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




