राजनीति

सुशिला कार्कीलाई छिटो प्रधानमन्त्री बनाएर अन्योलता चिरौँ : बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। 

कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्न अपिल पनि गरेका छन्।

कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा विधिवत् शपथ ग्रहण गराएर अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गर्न उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन्।

‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ। हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाई’, भट्टराईले शुक्रबार बिहान विज्ञप्ति जारी गरी भनेका छन्, ‘अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्छ। त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुन सक्छ, संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ।’

अहिलेको अवस्था २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिरभन्दा फरक रहेकाले यसमा संवेदनशील बन्न पनि भट्टराईले जेनजीलाई आग्रह गरेका छन्।

‘यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन। त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा ‘राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ‘राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरणसमेत त्यहीँ राखिएको थियो’, उनले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन। यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ। अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ।’

 

.

सम्बन्धित समाचार

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

समानुपातिक मत : रास्वपाको ५१ लाख ३६ हजार, कांग्रेसको १७ लाख

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ।  हालसम्म...

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

सर्वनाक हारपछि एमाले नगर अध्यक्षबाट राजीनामा

बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिनुभएको छ । एमाले...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

छ दल बने राष्ट्रिय पार्टी : पहिलो रास्वपा, अन्तिम राप्रपा

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७...